विजयपुर/मोरङको केराबारी गाउपालीकाको सबैभन्दा सुरक्षित मानिएको वार्ड नम्बर ५ पहिरोका कारण असुरक्षित बनेको छ । पहिरोका कारण अहिले गाबिस नै असुरक्षित बनेका कारण स्थानियलाई सुरक्षित बास स्थानको चिन्ता हुन थालेको छ ।गत साउन २६ गते आएको अबिरल बर्षाले ५ नम्मर वडाका अधिकाशं ठाउलाई बगाएको छ ।

पहिरोमा परि केराबारी गाउपालीका वडा नं ५ का १ सय ९१ परिवार (करिव २ सय )विस्थापित भएका छन् ।विस्थापित परिवारहरु अहिल आफन्तकोमा शरण लिएका बसेको केराबारी गाउँपालीका वडा नं ५ का वडाध्यक्ष राम राईले जानकारी दिए ।गाउपालीकामा बासस्थान पुर्ण रुपमा सुरक्षित वडाको रुपमा मानिएको वडा अकल्पनीय रुपमा असुरक्षित भएको छ वडाध्यक्ष र्राइले भने अहिले विस्थापित परिवारलाई राहतको ब्यबस्था गर्ने काममा हामी लागि रहेका छौ ।

उनले अहिले सम्म गाउपालीकाको तर्फबाट सामान्य राहत प्राप्त हुने भनिएपनि अन्य कतैबाट राहत नपाइएको बताए । अहिले सम्म कतैबाट राहत जुटेन विस्थापितहरुको अबस्था कष्टकर बन्दै गएको छ वडाध्यक्ष राईले भने ।उनका अनुसार वडामा ३५ घर पुर्ण रुपमा क्षति भएका छन् भने अन्य घर बस्न मिल्ने अबस्थामा छैनन् ।

वडाका खेतियोग्य जमिन सबै बगरमा परिणत भएको छ । भने स्थानियले खानेपानी समेत प्रयोग गर्न पाएका छैनन् । केराबारी गाउ पालकिा ५ भकारेका बिस्थापीत खड्ग मगरले पहिरोका कारण आफ्नो परिवार निकै मुस्किलले बाँचेको बताए । ज्यान बाहेक अरु केही बाकी रहेन उनले दुख पोखे । सरकारी पक्षले आफुहरुलाई तत्काल सुरक्षित बास स्थानको ब्यबस्था गर्नु पर्ने उनको माग छ । हामी अरुको घरमा शरण लिएर बसेका छौ,राज्यले हामीलाई बाससस्थानको ब्यबस्था गरिदिनु परो उनले भने ।

वार्ड नं ५ का वडा सदस्य बुद्ध लिम्बुले वडाका मानबिय क्षति नभएपनि स्थानियको घरखेत सबै बगरमा परीणत भएको बताए ।धेरै चौपायाहरु मरेका छन्,वालवालीका ,बृद्धबृद्धा र महिलाहरु धेरै पिडित बनेका छन् उनले भने ।केरावारी गाँउ पालीकाकी उपध्यक्ष शान्ति लिम्बु भुजेलले ५ नम्बर वडाका बासिन्दालाई तत्काल राहत उपलब्ध गराउने कार्य अन्तिम चरणमा पुगेको बताईन ।

हामीले तत्काल राहको ब्यबस्था गरेका छौ भने उहाँहरुलाई कसरी सुरक्षित बसोबासको ब्यबस्था गर्न सकिन्छ भनेर हामीले अध्ययन गरिरहेका छौ उनले भननिन् । तत्कालका लागि राहत ब्यबस्था गरेर सुरक्षित बसोबासका लागि के गर्न सकिन्छ भनेर गाउ कार्यपालीकाको बैठकबाट निर्णय गर्ने हाम्रो तयारी छ’ वडाको पहिरोप्रभावीत क्षेत्रमा भेटिएकी उनले भनिन् बिस्थापितहरुर्लाइ सामुहिक आवासको पनि ब्यबस्था गर्न सकिने उनले बताईन् ।

सम्पुर्ण क्षतिलाई गाउपालीकाले मात्र केही गर्न सक्दैन यसका लागि सरकारसँगपनि पहल गर्ने उनले बताईन् ।फोटो छ ।