विराटनग/ विराटनगर – १२ मा खुद्रा माछा विक्री गर्दै आएकी आसादेवी सहनीको पसलमा अविरल वर्षाको पानी पस्दा १० लाख मुल्य बरावरको सिद्राहा माछा नष्ट भएको छ ।

लगातार परेको वर्षाले नहरमा आएको भेल बाढी पसल भित्र पस्दा ४० क्वहीटल सिद्राहा माछा मरेको थियो । मरेको माछा पसल नजिकै खाल्डा खनेर नष्ट गरेको आसिया देवी माछा तथा खुद्रा पसलको सञ्चालक सहनीले बताइन् । त्यस्तै सुनसरीको इनरुवासमेत माछा पसल रहेको सहनीको उत्ता पनि १० क्वहीटिल सिद्राहा माछा मरेर नष्ट भएको उनले बताइन् ।

जग्गा बैंकमा राखेर माछा पसल सुरु गरेको थिएँ,’ उनले भनिन्,’ ‘वर्षासँगै आएको बाढीले मलाई ऋणमा ढुबायोे, बैैंकको ऋण कसरी तिर्नु समस्यामा परेको छु ।’ ‘वर्षाको पानी पस्दा एकै रातमा १० लाखको सिद्राहा माछा नष्ट भयो,’ पानीले डुबाएर मरेको माछा देखाउँदै सहनीले भनिन्, ‘विराटनगरमा ४० क्विन्टल र इनरुवामा १० क्विन्टल माछा एकैपटक मरे ।’

मरेको माछा पसल नजिकै खाल्डा खनेर नष्ट गरेको आसादेवी बताइन् । बाढी आउनु भन्दा एक दिन अगाडि भारतबाट माछा खरिद गरेर ल्याएको उनले बताइन् । उनका अनुसार सिद्राहा माछा बजारमा २ सयदेखि ३ सय रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको उनले बताइन् ।