धरान/भानुचौकबाट जिरोपोइन्ट तर्फ जाँदै गरेको इटा लोड भएको मालबाहक ट्रकको ब्रेक फेल हुँदा नयाँ मोटरसाइकल कामै नलाग्ने गरी क्षति पु¥याएको छ ।

धरानको छाताचौकको नेपाल बैंक अघिल्तिर रोकिराखेको को २६ प २०२० नम्बरको मोटरसाइकललाई लोड भएको को १ ख २९४३ नम्बरको ट्रकले ब्रेक फेल भएर पछि सर्दा मोटरसाइकल क्षति पु¥याएको हो । मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक उद्दव पोखरेलले जानकारी दिए ।
मानवीय क्षति नभए पनि ट्रकका चालक मोरङ दर्वेसाका गोपाल कर्मकार सामान्य घाइते भएको उनले जानकारी दिए । गाडी अनलोड गरेर ल्याउने तयारी भइरहेको छ ।