धरान/जंगली च्याउ खाएर तेह्रथुमकी एक महिला गम्भीर विरामी परेकी छन् । म्याङलुङ नगरपालिका नगरपालिका–९ का प्रेमबहादुर लिम्बुकी ३७ वर्षीया श्रीमती प्रमिला लिम्बु गम्भीर बिरामी परेकी हुन् । उनले उत्तिसको रुखमा उम्रिएको च्याउ पकाएर खाँदा बिरामी परेकी थिइन् । बिरामी महिलाको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।