[caption id="attachment_53094" align="alignleft" width="359"] तस्विर: रविन भट्टराई[/caption]

ताप्लेजुङ/ताप्लेजुङमा एक सरकारी सहित दुई वटा अस्पताल सञ्चालनमा रहेपनि रक्त संचार केन्द्र (ब्लड बैँक) नहुँदा बिरामी मर्कामा परेका छन् ।

उपचारका क्रममा आवश्यक रगत अस्पतालब्लड बैंक नहुँदा बिरामी मर्कामा, सेना र सञ्चारकर्मिले नियमित रगत दिनुपर्ने बाध्यताले बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र जटील उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामी मर्कामा परेका छन् ।

जिल्ला रेडक्रस शाखामा समेत रक्तसञ्चार केन्द्र नभएकाले रगत आवश्यक पर्ने बिरामीको उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । अस्पतालमा विरामिलाई रगत आवस्यक परे स्थानिय सञ्चारकर्मि र नेपाली सेनाका जवानहरुले दिदै आएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामी तत्कालै शल्यक्रिया गर्नु पर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा परेका छन् ।

बिरामीका आफन्तले तत्काल रगत उपलब्ध गराउन नसक्दा नेपाल रेडक्रस सोसाईटि, नेपाल पत्रकार महाँसंघ र नेपालीमा सेनामा सम्पर्क गरी आपुर्ति टार्दै आएको रेडक्रसका सभापति गणेश अधिकारीले बताए।

विरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भए पनि रक्त सञ्चार केन्द्र नभएकाले उपचारमा समेत ढिलो हुने समस्या रहेको डाक्टर भुपाल न्यौपानेले बताए ।

रक्त सञ्चार केन्द्र नहुँदा रक्तकेसिका तथा इन्जायम मात्र उपचारमा आवश्यक भए पनि रगत नै दिनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

आर्थिक रूपमा सक्षम समुदायले हेलिकप्टर चार्टर गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन् । तर रगत अभावमा पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानिय धर्म पौडेलले बताए ।