इटहरी/गत शुत्रवार राती आएको बाढी पिडितहरुको लागी काग्रेसका युवा दस्ता तरुण दलका युवाहरु राहत संकलनमा लागेका छन । विभिन्न देशका युवाहरुबाट सहयोग रकमहरुलाई संकलन गर्दै पिडितहरुलाई राहत संकलन भईरहेको वताए ।

२ सय ३० थान त्रिपाल,२१ कटुन लत्ताकपडा लगायतका सामाग्री संकलन भईसकेको उनको भनाई थियो ।नेपाल तरुण दलका सुनसरी सभापति शिजन गुरुङले राहत संकलनमा लागी परेको वताए ।
उनले पिडितहरुको लागी काठमाण्डौ तथा अन्य ठाउँबाट आएको रकम सामाग्री सुनसरीका बाढीपिडितहरुलाई बाढ्ने वताए । सुनसरीमा परेको विपतीले धेरैको मन रोएको छ यतीवेला हामीले सहयोग गरौ र गर्ने वातावरण मिलाउँ सभापति गुरुङले भने ।
वुल्स इलेभेन क्लब इटहरीका अध्यक्ष पूर्ण राईले बाढी पिडितहरुलाई राहत संकलनको कार्य भईरहेको वताए । बाढी पिडितहरुलाई वस्न खानको लागी राहतको आवश्यक परेकोले राहत संकलन तथा वितरण भईरहेको उनको भनाई थियो । इटहरी बर्षेनी ढुब्नुमा नेताहरुको कमजोरी भएको भन्दै बाध बाध्ने काममा स्थानीय तथा केन्द्रिय सरकार सक्रिय हुन उनको आग्रह छ ।