भद्रपुर/झापाको भद्रपुर छोटी भन्सार कार्यालयको राजश्वमा गिरावट आउन थालेको छ । आर्थिक बर्ष ०७३-७४ को साउनमा १ करोड ४२ लाख ७० हजार राजस्व उठाएको भन्सारले चालु आर्थिक बर्षको साउनमा ५१ लख ७२ हजार राजश्व सकंलन भएसगै भारी गिरावट आएको हो । मेची भन्सार कार्यालय काकरभिटटापछि झापाका छोटी भन्सारहरु मध्ये भद्रपुर भन्सारले मासिक एक करोड राजश्व उठाउनेमा परेपनि आर्थिक वर्षको सुरुवातीमा नै राजस्व संकलनमा ओरालो लागेको हो । ०७२-७३ मा भद्रपुर भन्सारले १३ करोड ४३ लाख ४६ हजार राजश्व संकलन गरेको थियो भने, ०७३।७४मा ११ करोड ६७ लाख ९२ हजार राजश्व संकलन भएको छ । गत एक बर्षको तुलनामा भद्रपुर भन्सारमा करिब दुई करोड राजश्व संकलनमा कमि आएको भन्सारको तथ्याङ्मा उल्लेख छ । भारतले लगाएको जिएसटी र नदीमा पानीको सतह बढेपछि केही दिन भन्सारको राजवश्वमा गिरावट आएपनि मेची नदीमा पानीको सतह घटेपछि व्यापारीले डुङ्गामा हालेर सरसामान भित्राइरहेको छोटी भन्सार कार्यालय भद्रपुरका भन्सार अधिकृत रामराज प्रसाद चौरासियाले बताए । भारतको जिएसटी र नेपालले एक्जीम कोड(आयत निर्यातको लागी दिइने संकेत नम्बर) लागु गरेपछि साना व्यापारी नआएका कारण राजस्वमा गिरावट आएको अधिकृत चौरासियाको भनाई छ । तर नजिकिदै आएको चाडपर्वमा राजस्व बृद्धि हुनेमा आफु आशावादी रहेको उनले बताए । मेची नदिमा पानीको सतह घटेसगै आउदै गरेको दशै र तिहार पर्वलाई मध्यनजर गरी धमाधम कारोबारीहरुले भन्सारमा सामान भित्राउन थालेपनि भन्सारको राजवश्व भने वृद्धि हुन सकेको छैन । भन्सारका कर्मचारीसग कारोबारीले आपसी समझदारीमा ४ देखि ६ हजारसम्ममा पोका काटन थालेको बुझिएको छ । एक पोकालाई कारोबारीले तीन पोका बनाएर भन्सारका कर्मचारीले प्रति पोका २ हजार देखि ३ हजार लिएर न्युनत मुल्य निर्धारण गरेपछि राजश्वमा गिरावट आएको एक कारोवारीले बताए । भन्सारले व्यापारी तथा कारोबारीलाई केही छुट दिएपनि भद्रपुर भन्सारमा मासिक १ करोड राजश्व संकलन हुनुपर्नेमा सो अनुरुप हुन नसकेको स्रोतले बतायो । भन्सारमा अनियमितता हुने गरेको प्रहरीले थाहा पाएपछि प्रहरीको बाक्लो उपस्थिती भएसगै भन्सारमा कारोबार हुन नसकेको स्थानीयको भनाई छ । भन्सारले खासै छुट नदिने र वाटोमा धेरै ठाउमा रकम बुझाउनु पर्ने भएकोले सामान काट्न नसकिएको व्यापारीको भनाइलाई उदिृत गर्दै भन्सारका एक कर्मचारीले बताए । जिल्ला देखि केन्द्रसम्मका विभिन्न विभागका घुमुवाले दुःख दिएका कारण फाइदा नभएकोले सामानलाई गोदाममानै राखिएको एक व्यापारीले बताए ।