[caption id="attachment_52915" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

भद्रपुर/अविरल बर्षासगै आएको बाढीले झापामा १२ जनाको मुत्यु भएको छ, भने चार जना अझै वेपत्ता रहेको जनाइएको छ ।

शिवसताक्षी नगरपालिका ७ वस्ने वर्ष १७ बर्षिय निमा तामाङ्गको मुत्यु भएसगै मृतकको संख्या १२ पुगेको नेपाल रेडक्रस सोसाईटी विपद व्यवस्थापन शाखा झापाले जनाएको छ । तामाङ्गलाई कन्काइ नदीले बगाएर मुत्यु भएको र उनको शव मंगलबार फेला परेको हो । त्यसैगरी झापा गाउपालिका २ बस्ने मृतक धनमायाकी छोरी कमला घोर्षाने, झापा गापा २ कै कालीप्रसाद राजवंशी र उनको श्रीमती पार्वती राजवंशीसहित तीन जनाको परिवार अझै वेपत्ता रहेको छ । उनीहरुको खोजी कार्य तिव्र बनाइएको झापा प्रहरीले जनाएको छ ।

बाढीले झापामा ठूलो जनधनको क्षति पुर्याएको छ । क्षतिको विवरण थपिदै गएको छ । विपद व्यवस्थापन शाखाको तथ्याक अनुसार झापामा २ हजार ४ सय ४४ घरपरिवार विस्थापित भएका छन् । २ हजार ५ सय २४ घरपरिवार प्रभावित भएका छन भने, १ सय २१ घरमा क्षति पुगेको छ । यता नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रहरु भद्रपुर, झापा, कचनकवल, बाह्दशी, मेचीनगर, गौरीगञ्ज, विर्तामोड, कनकाई, हल्दिवारीका बाढीपीडित घरपरिवारलाई १ हजस ार ५ सय ७५ थान त्रिपाल, ५ सय १ थान कम्बल, ३९ थान म्याटे«स, ७ सय ४१ थान झुल र भाडाकुडा वितरण गरिसकेको नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै सोही क्षेत्रका बाढीपीडितलाई झापाका विभिन्न संघसस्थाले खाद्यन्न लगायतको दैनिक उपभोग्य सामग्री वितरण गरिरहेका छन् ।

बाढीको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री जर्नादन शर्मा लगायतका सुरक्षा निकायका प्रमुख अंगहरुले हवाई गस्ती मार्फत झापा जिल्लाको निरीक्षण गरेका छन् । निरीक्षण पश्चात झापाको चन्द्रगढी स्थित भद्रपुर विमानस्थलको कार्यालयमा प्रधानमन्त्री देउवा समक्ष झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बाढीबाट क्षतीको विस्तृत विवरण प्रस्तुत गरेका थिए । प्रजिअबाट झापाको प्रतिवेदन प्रस्तुती पश्चात प्रधानमन्त्री देउवाले मृतकका प्रत्येक परिवारलाई २ लाखका दरले र घर भत्किएका प्रत्येक परिवारलाई १० हजारका दरले राहत उपलव्ध गराउने भन्दै विस्थापित परिवारहरुको यथाशिघ्र व्यवस्था मिलाउन झापा प्रशासनलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री संगै आएका गृहमन्त्री जनार्दन शर्माले प्रजिअ तिवारीलाई वजेटको अभाव भए तुरुन्त गृहमन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै आवश्यक सामग्री यथार्थ विवरण तयार गरी अपुग भएमा जानकारी गराउन समेत निर्देशन दिएका थिए ।