धनकुटा/ जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा टंक चुहान निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी समन्वय समितिका उप–संयोजकमा वंगलाकुमारी राई पनि निर्विरोध निर्वाचित भएकी छन् ।

[caption id="attachment_52996" align="alignleft" width="382"] ?[/caption]

त्यसैगरी समन्वय समितिको सदस्यहरुमा डागम कुमार राई, ओङ्गदा थिङ्ग तामाङ, अम्विका वुढाथोकी खड्का, आयुष्मा गहतराज, सीता राई, हरि राई र शिव आङ्गला निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित प्रमुख, उप–प्रमुखलाई मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले वुधवार पद तथा गोपनियताको सफत ग्रहण गराएका छन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुहानले समितिका सदस्यहरुलाई सफत ग्रहण गराएका थिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले पदनुसारको प्रमाण–पत्र समेत वितरण गरेका छन् ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहानले वुधवार पदभार ग्रहण गर्दै आगामी भाद्र ८ र ९ गते जिल्ला समन्वय समितिको पहिलो वैठक वस्ने निर्णय समेत गरेको समचार श्रोतले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेको अध्यक्षतामा सम्पन्न सफत ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, पुर्व जिविस सभापती धर्मराज पौडेल, पुर्व माननिय दुर्गा लिंखा, पुर्व सांसद गोपाल गुराँगाई, धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ, एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाली कांग्रेसका उपसभापती नविन किशोर शाक्य लगायतले कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।