ताप्लेजुङ/जिल्ला कारागार ताप्लेजुङका एक कैदिको उपचारका क्रममा मृत्यू भएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="365"] Dead body in a mortuary[/caption]

२०७० चैत ९ गते जवरजस्ति करणी मुद्धामा कारागार चलान भएका फक्ताङ्लुङ गाउँपालिका साविक लेलेप २ का ३५ वर्षीय सागर फेम्बु (लिम्बु) को उपचारका क्रममा मृत्यू भएको जिल्ला कारागार ताप्लेजुङले जानकारी दिएको छ ।

छहारे रोगबाट पिडित लिम्बुको आईतबारनै जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला कारागार ताप्लेजुङ हेल्थ असिसटेण्ड धनिराम सिंहले जानकारी दिनुभयो । मृतक लिम्बुको परीवार आज मात्र आउने भएकाले लिम्बुको सव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।