विजयपुर/धरानको जिरोप्वाइन्टमा बे्रकफेल भएर मालबाहक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि ट्रकका चालक काभ्रेपलान्चोकका ३० बर्षीय टुनाखरराज पराजुलीको दायाँ हात भाचिएको छ ।

उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।ना ३ ख ५५३ नम्मरको मालबहाक ट्क बे्रक फेल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

पेयपदार्थ लिएर पुर्वी पहाडि जिल्ला जाँदै गरेको उक्त ट्रक सडक अबरुद्ध भएपछि निसाने डाँडाबाट फर्किएको बताइएको छ । निशाने डाँडाबाट फर्कने क्रममा जिरोप्वाइन्टमा ब्रेकफेल भएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।