धरान/ गत बिहिबार राती देखी अबरुद्ध धरान धनकुटा सडक खण्ड आजबाट सुचारु भएको छ । सडक बिभागले भत्किएको सडक भन्दा केही माथिबाट डाइर्भसन गरेर बाटो निकालेपनि बाटो सुचारु भएको हो ।

नयाँ निकालिएको बाटोमा वान वे सिस्टमबाट यातायातका साधनहरु सञ्चालन गर्न थालिएको छ । धरान उपमहानगरपालीकाका,यातायात ब्यबासायी र स्थानियको चर्कोे दबाब पछि सडक डिभिजन कार्यालयले बैकल्पीक बाटो खोलेको हो । बाटो खुलेपछि यात्रुहरुले केही सहजता महसुस गरेका छन् ।