काठमाडौं/ निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाइए परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले काेशीकाे भेलमा बगाइदिए । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । तस्बिर चर्चित भएको छ ।
कान्तिपुरबाट