धरान/लगाताको बर्षाका कारण पुर्वी नेपालको जनजिबन कष्टकर भएको छ । बर्षाबाट डुवानमा नपरेपनि धरान सञ्चार सम्पर्कबाट बिच्छेद भएको छ । नेपाल विद्युत प्राधिकरणको दुहबी स्थित ग्रिड डुवानमा परेपछि धरान तिन दिन देखि अन्धाकार भएको छ ।

टेलिफोन र सञ्चारका साधनहरु सञ्चालन हुन सकेका छैन । धरानबाट प्रकाशन हुने स्थानिय पत्रपत्रिका र केही रेडियोहरु बन्द भएका छन् ।धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले मात्र आफ्नो प्रकाशनलाई निरन्तरता दिएको छ ।

ब्लाष्टका प्रबन्ध निर्देशक किशोर कुमार कार्कीले बिद्युत अबरोध भएपनि जेनेरेडर चलाएर पत्रिका प्रकाशन गरिएको जानकारी दिए । हामीले संकटको बेला जनतालाई जसरीपनि सुचना दिनु पर्छ भन्ने मान्यता राखेर पत्रिका प्रकाशन गरेका हौ उनले भने । धरानमा इन्टरनेटपनि सञ्चालन हुन सकेको छैन ।

इन्टरनेट सञ्चालन नहुदा धरान क्षेत्रका बैक,अनलाईन सञ्चारमाध्यम लगायतका क्षेत्रहरु प्रभाबित भएका छन् ।मोबाइल सम्पर्कपनि टुटेको छ । नेपाल टेलिकमको धरान स्थित कार्यालयका प्रमखु संजिब घिमिरेले बिद्युत अबरुद्ध भएका कारण टेलिफोन सेवा अबरुद्ध भएको बताए ।