विजयपुर/सडक बिभागको चरम लार्पबाहिका कारण धरान धनकुटा सडक खण्डको निशाने खोला छेउमा सडक भत्किएको छ । सडक भत्किएपछि पुर्वी पहाडि जिल्लामा यातायात सम्पर्क बिच्छेद भएको छ । धरान धनकुटा सडक खण्डमा भत्कन लागेका सडक निर्माण गर्न सरकारले नौ महिना अगाडि नै स्वीकृती दिएको थियो । तर सडक मर्मतको जिम्मेवारी पाएको बिराटनगर स्थित सडक डिभीजन कार्यालयले वेवास्ता गरेपछि सडक भत्किएको हो । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले गत महिनाम कार्यभार सम्हाल्नु अगाडि नै बिराटनगर स्थित क्षेत्रिय सडक डिभिजन कार्यालयमा पुगेर उक्त सडक तत्काल निर्माण गर्न आग्रह गरेका थिए । ‘त्यस बेला सडक डिभिजनका प्रमुखले ठेक्का लागी सकेकाले समयमै सडक निर्माण गरिने बताएका थिए’शनिबार सडक भत्किएको ठाउको स्थलगत अवोलोकनपछि मेयर सुब्बाले भने ‘यो सडक बिभागको चरम लार्पवाही र गैरजिम्मेवार पनको नतिजा हो । मेयर सुब्बाले पहाडि जिल्ला जोड्ने सडकको बिकल्प तत्काल निकाल्न बिभागलाई आग्रह गरेका छन् । हामीले सडक बिभागलाई समयमै सचेत गराएका हौ तर बिभाग गैरजिम्मेवार भयो सुब्बाले भने । सडक सुचारु गर्न धरान उपमहानगरपालीकाको तर्फबाट गर्नु पर्ने कुनैपनि काम बाकि नराख्ने उनले बताए । विहिबार साँझबाटबाट आएको अबिरल बर्षाका कारण बाटो भत्किएपछि धरान बाट पुर्वि पहाडि जिल्लाहरुको सडक सम्बन्ध बिच्छेद भएको छ । अबिरल बर्षाका कारण शुक्रबार राती धरान भेडेटार सडक खण्ड अन्र्तगत रहेकोे निशाने डाँडा छेउमा सडक भास्सीएपछि यातायात सञ्जाल बिच्छेद भएको हो ।सडक सञ्जाल अबरुद्ध भएसँगै पुर्वी पहाडि जिल्लाहरु धनकुटा,तेह्थुम,भोजपुर,संख्खुवासभा सहितका ठाउको जनजिबन प्रभाबित हुने भएको छ । शुक्रबार साँझ देखी पुर्वी पहाडि जिल्लाहरुमा कुनैपनि यातायातका साधनहरु नचल्दा गन्तब्यमा हिडेका सयौ यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् । पुर्वी पहाडि जिल्लाबाट उपचारकालागि धरान तथा बिराटनगर आउने बिरामीहरुपनि बिच बाटोमै अलपत्र परेका छन् । पुर्वी पहाडि जिल्लाहरुमा उत्पादीत कृषिजन्य उत्पादन बस्तुपनि बिच बाटोमै रोकिएको छ । धरान धनकुटा सडक खण्ड तत्काल बन्ने अबस्था नरहेको प्राबिधिकहरुले बताएका छन् । अब पुर्वी पहाडि जिल्ला जोड्ने बैकल्पीक मार्ग तत्काल निर्माण गर्नु पर्ने अबस्था आएको छ ।