इटहरी / नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले २३ औं विश्व आदिवासी दिवस सुनसरीको इनरुवामा मनाइने भएको छ ।
सदरमुकाम इनरुवामा आगामी साउन २८ गते सो विविध कार्यक्रम गरी दिवस मनाउन लागिएका नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरी अध्यक्ष रामकुमार राईले बताए । महासंघले विहीबार पत्रकार सम्मेलन गरी विशेष सांस्कृतिक महोत्सव सहित दिवस मनाउने बताएका हुन् ।
कार्यक्रमा सुनसरी जिल्लाका १९ वटा आदिवासी जनजातीका जातीय भेषभूषा झल्कने जातीय मौलिक झाँकी तथा बाजागाजा सहितको जातीय सहभागिता हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उप प्रधानमन्त्री एवम सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा आदिवासी जनजाती नेताहरु किरण सुनवार र डा. महेन्द्र लावती लगायतको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।