भद्रपुर/जिल्ला जनस्वास्थ्य कार्यालय झापामा कार्यरत ल्याव टेक्निसियन छैठो तहका अधिकृत राम प्रसाद शाहलाई २ लाख नगद घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
दमक स्थित एक क्लिनीकको वार्षिक नविकरण गरिदिने भन्दै मंगलवार दिउँसो घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले जनाएको छ ।
अख्तियारका डिएसपी रमेश वस्नेतले दिएको जानकारी अनुसार शाह दम्पतीले भद्रपुरमा सञ्चालन गरेको राम प्रसाद लक्षेन्द्र टेक्निकल इन्टिच्युट प्रालीमा क्लिनीक सञ्चालकवाट रकम लिइरहेको अवस्थामा रकमसहित शाहलाई नियन्त्रणमा लिइएको जनाए ।
डिएसपी वस्नेतको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धानका लागी कार्यालयमा ल्याएको आयोगको कार्यालय इटहरीले जनाएको छ ।