भद्रपुर/नेपालीकाँग्रेसका सांसद कृष्ण प्रसाद सिटौलाले आगामी मंसिरको पहिलो साताभित्रप्रदेश र केन्द्रको निर्वाचनगर्नै पर्ने बताएका छन् । दुइओटा चुनाव एकैदिनगर्नेबारे दलहरुविचविवादभइरहेपनि सहमतिहुनेमाशंकानगर्न सांसद सिटौलाले सवै पक्षलाई अनुरोध गरेका छन् । गृह नगर झापाको भद्रपुरमा सोमवार विहानपत्रकारसग गरेको संक्षीप्त कुराकानीमाउनले बाँकीनिर्वाचन सम्पन्नभइसकेपछि नेपालको राजनितीले स्थायित्वप्रदानगर्दै आर्थिक समृद्धि तर्फ उन्मुखहुने धारणा राखेका छन् । हालसम्म सम्पन्न स्थानीयतहको निर्वाचनले समावेशी सहभागीताआएकोले राजनैतिक र विकासमानयाँआरम्भ गरेको उनले उल्लेख गरे । सम्पन्ननिर्वाचनमाकुनै पार्टीको जितहार नभई समग्र नेपालीजनताको जितभएकोमागौरव मान्नु पर्ने उनको धारणा थियो ।नब्बे प्रतिशत जनतावाट पारित भएको संविधानकार्यान्वयनतर्फ अघि बढिरहेकोले समस्या समधान देखि लिएर सवैखाले विषयवस्तु संविधानभित्र रहेर संस्थागतगरिने उनले बताए । राजनैतिक स्थायित्वकालागिवितेको दशवर्षमा धेरै आरोह अवरोहको मुख्यकारण राजनैतिक स्थायित्वभएको उल्लेख गरे । राजनैतिक स्थायित्व ,शान्ति र विकास जनताकाको चाहना रहेकोले त्यो क्रमशकार्यान्वयनहुदै गरेको बताए । राजनितीलाई संस्थागतनगरेसम्मकुनै कार्यक्रमले सफलताहासिलगर्न नसकेको उनको भनाई छ । प्रहरी, कर्मचारी,न्यायाधिस, ठेकदार लगायत सवै क्षेत्रमाराजनितीहुने गरेको प्रतिदुःखपोखेकाथिए ।