धरान/धरानको विकासको लागि आफू सदैब दत्तचित्त हुने बाणिज्य मन्त्री मिनबहादुर बिश्वकर्माले बताएका छन् । नेपाल राष्ट्रिय संयुक्त निवृत कर्मचारी संघको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बिकले आफू धरान कै मन्त्री भएकाले पनि यहाँको विकासमा सक्दो सहयोग गर्ने बताएका हुन् । उनले त्यसका लागि विकासको कार्यक्रमहरु ल्याउने बताए । उनले भने, ‘धरानेको मन्त्रालय हो । कानुन र नियमले दिएको काम गर्न तयार छु ।’ उनले आफू सांसद रहँदा पनि धरानको विकासको लागि बजेटहरु विनियोजन गरेको र बाणिज्य मन्त्री रहँदा पनि यहाँको सानो ठूलो काम गर्न तयार रहेको बताए । उनले नेपालबाट उत्पादित बस्तुहरुको निर्यात बढाउने, गुणस्तरीयतालाई ध्यान दिने बताए । उनले संस्थाको भवनको लागि सांसद रहँदा पनि २ लाख रुपैया बजेट विनियोजन गरेको र अव पनि सहयोग गर्ने प्रतिवद्धता गरे । संघका अध्यक्ष झलकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । आयव्यय कोषाध्यक्ष मञ्जु भण्डारीले प्रस्तुत गरेकी थिइन् भने प्रगति प्रतिवेदनले महासचिव कुमार श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । यसैबीच धरान–१३ नेत्र काफ्ले, धरान–२० मणी राई, धरान–४ मानबहादुर राई र धरान–५ सन्तोष लिम्बूलाई स्वागत सम्मान गरिएको महासचिव श्रेष्ठले बताए ।