ताप्लेजुङ/ताप्लेजुङको सिरिजङघा गाउँपालिका २ स्थित आम्बेगुदिनमा खेतको काल्लाबाट लडेर एक जनाको ज्यान गएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="341"] Dead body in a mortuary[/caption]

लडेर ज्यान गुमाउनेमा सोही गाउँपालिका बस्ने वर्ष ६३ को ओजहाङ लिम्बु रहेको अस्थायी प्रहरी चौकी खाम्दिम्वेले जनाएको छ । अलैची बारीमा घाँस काटेर घरतर्फ जाने क्रममा सोही ठाउँका श्याम बहादुर बुढा क्षेत्रीको धान खेतको माथिल्लो काल्लाबाट खसेर लिम्बुको विहिबार साँझ मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।