काठमाडौं/ चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा दोस्रो पटक भएको निर्वाचन सम्पन्न भएको छ । शुक्रवार रातिदेखि नै मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल ३७ सय ९७ मत रहेको सो वडामा २८ सय ७१ मत खसेको छ । यसपाली खसेको मत अघिल्लो पटकको निर्वाचनमा खसेको मत भन्दा २७ ले कम हो । भरतपुरमा राति १० बजेदेखि मतगणना हुने सम्भावना छ । अब भरतपुरमा १९ र २० नम्बरको मत मात्रै गन्न बाँकी छ । यी दुई वडाको मत गन्न बाँकी हुँदा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा झण्डै ८ सय मतले अघि छन् । पहिलो चरणमा भरतपुरमा निर्वाचन भएको थियो । मतगणनाको क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरमो मतगण्ना रोकिएको थियो । निर्वाचन आयोगले फेरि चुनाव गराउने निर्णय गरेपनि एमाले उम्मेदवारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि निर्वाचन रोकिएको थियो । अदालतले पनि अयोगकै निर्णय सदर गरेपछि शुक्रवार निर्वाचन भएको हो ।
लाेकान्तर