गोरखा/ पाँच बर्षिया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक वृद्ध प्रकाउ परेका छन् । पालुङटार नगरपालिका वडा नम्वर ५ बस्ने ८५ वर्षीय भिम बहादुर भण्डारीले सोही ठाउँकी एक बालिकालाई जवरजस्तीको प्रयास गरेको प्रहरीले आरोप लगाएको छ । घरको कोठामा खेलिरहेकी बालिकालाई ललाईफकाइ गरी जवरजस्ती करणीको प्रयास गरेको पीडितको आफन्तले प्रहरीमा उजुरी समेत दिएको जिल्ला प्रहरी कार्यालय गोरखा डिएसपी बिरेन्द्र थापलो बताए । पक्राउ परेका भण्डारीलाई जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको थापाले बताए ।