चितवन/चितवनको भरतपुर महानगरपालिका बडा नम्बर १९ को मतदान आज भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा वर्षाका बीच पनि उत्साहप्रद रुपमा मतदाता सहभागि भएका छन् । चितवनमा बिहानैदेखि वर्षा भइरहेको छ। चभलग मभखष् निर्वाचन भएपछि साढे दुई महिना विवादका कारण अन्योलमा बसेको भरतपुर महानगरपालिकामा आजको मतदानले निकास निस्कने आशामा आशामा मतदाता रहेका छन् ।  सँगै भएका निर्वाचनबाट विजयी उम्मेदवारले विकासका खाका सार्वजनिक गरेर कामलाई तीव्रता दिइसकेका भएपनि भरतपुर महानगरका २७ वटा वडाका विजयी प्रतिनिधिले काम गर्न पाएका छैनन् । त्यसैले साढे दुई महिनादेखिको अन्योल आजको निर्वाचनसँगै टुंगिने भरोसा मतदातामा छ । त्यसैले त उनीहरु बिहानदेखि पानीको समेत परबाह नगरी मत खसाल्न तोकिएको मतदान केन्द्रमा पुगेका हुन् ।  गत जेठ १४ गते मतगणनाका क्रममा मेयरका उम्मेदवार रेणु दाहाल भन्दा देबी ज्ञवाली थोरै मतले अघि रहेको अवस्थामा मतपत्र च्यातिएपछि मुद्दा परेकाले निर्वाचन अन्योलमा थियो । तर सर्वोच्च अदालतले गत आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएसँगै आजको लागि मतदान मिति तोकिएको हो ।   निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको छ । बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिएको । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन पनि गरिएको छ । भरतपुर–१९ मा तीन मतदानस्थलमा छ मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।