इटहरी/ माओवादी केन्द्र निटक विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय भेला आगमी भदै ७ दखि ११ गते सम्म हुने भएको छ । विद्यार्थीहरुलाई चुनावी रौनक सुरु भएको हो । विद्यार्थीहरुलाई चुनावको चट्टरो सुरु भए सँगै विद्यार्थीहरुले उम्मेदवारहरु समेत घोषणा गर्ने थालेका छन ।  अनेरास्ववियु (क्रान्तिकारी) एकताको २१ औै राष्ट्रिय सम्मेलनमा इटहरीका युवा विद्यार्थी नता मदन चुडाल केन्द्रिय उपाध्यक्षमा उठ्ने भएका हुन । साउन १३ मा भएको राष्ट्रिय एकता भेलापछि भए सँगै विद्यार्थी संगठनलार्य चुनाबी चट्टरो सुरु भएको हो । एकले अर्कोको बिरोध मात्र होइन, सहयोग र समान ब्यावहार गरी विद्यार्थीको हकहितको लागी आफ्नो उम्मेदवार रहेको चुडालले वताएका छन ।  चुडालले संगठनमा देखापरेका चुनौतिका सामना गर्न सबै नेता कार्यकर्ता, सबैलाई मिलाएर लौजाने प्रतिवद्धता समेत ब्यक्त गरेका छन । संगठनमा देखापरेका अराजकता, दण्डहिनता, मनपरितन्त्रलाई विधि र प्रकृयामा लौजान आफ्नो उम्मेदवारी रहेको वताए । आफु समग्र विद्यार्थीहरुको हकहितमा लाग्ने वताउँदै विद्यार्थीहरुको समस्यामा केन्द्रित हुने वताए ।  शैक्षिक आन्दोलनका क्रममा निजी होस् वा सरकारी शिक्षा, स्कूल होस् वा विश्वविद्यालय, प्राविधिक होस् वा गैरप्राविधिक सबै क्षेत्रमा हाम्रो प्रभावकारी उपस्थिति छ । राष्ट्रिय संकट होस् वा महाबिपत्ति, अखिल क्रान्तिकारी सदैव जनताको, आम अभिभावक र विद्यार्थीको सेवामा हाजिर हुने छु मोओवादी केन्द्रका केन्द्रिय सदस्य समेत भईसकेका विद्यार्थी नेता चुडालले भने ।