धरान / पत्रकार सन्तोश काफ्लेको घरबाट करिव साढे तीनलाख रुपैया बराबरको सामान चोरी भएको छ । धरान–१६ स्थित निज निवासबाटै शुक्रबार बिहानको राति ८० हजार रुपैया मूल्य बराबरको एसर कम्पनीको ल्यापटप, त्यस्तै २ लाख पचास हजार रुपैया बराबरको क्यानोन कम्पनीको डिएसएलआर क्यामेरा, क्यानोनकै तिस हजार मूल्य बराबरको डिजीटल क्यामेरा, साथमा क्यामेराको लेन्स र नगद छ हजार रुपैया चोरी भएकोे काफ्लेले जानकारी दिए । एक वर्ष अघि पनि पत्रकार काफ्लेको पैतिस हजार बराबरको भान्साको सामाग्री चोरी भएको थियो ।  एक तल्ले घरको छतबाट प्रवेश गरेको र समान चोरी गरेको आसङ्का उनले गरेका छन् । धरान १६ कै चन्द्रसंस्कृत मार्गबाट मंगलबार राति रमेश घिमिरेको कोठाबाटै ल्यापटप चोरी भएको थियो । उनका अनुसार करिव ८० हजार रुपैया मूल्य बराबरको डेल कम्पनीको ल्यापटप चोरी गरेको हो । त्यस क्षेत्रमा केही दिन अघि मात्रै धरान प्रहरीले वेवारिसे अवस्थामा छाडेको पल्सर मोटरसाइकल फेला पारेको थियो । त्यस्तै धरान–१५मा पनि डेरा गरी बस्ने युवराज गौतमको ४० हजार रुपैया मूल्य बराबरको दुई वटा मोवाइल र एउटा टर्च लाइट चोरी भएको थियो । पछिल्लो समय धरान क्षेत्रमा दुले चोरको विगविगी बढेको छ । दुले चोरको विगविगी बढे पनि प्रहरीले हाल चासो नदेखाएको पीडितहरुले बताएका छन् ।