डिआईजी नबराज सिलवालले सामाजिक सञ्जाल ट्वीटर मार्फत जिन्दगि देखिनै निराश हुँदै यस्तो लेखेका छन् – ''सवैहरूको एउटा विरूध्दको लड़ाई । म त हारी नै रहने छु र मेरो जीवन अरू धेरैका लागि एउटा शिक्षा वनिरहनेछ । ताकि ति धेरैले भोलि हार्नुपर्ने छैन।'' पछिल्लो समय सिफारिस सुचीमा डिआइजी नबराज सिलवालको नाम परेन । उनी आइजीपी नियुक्ति विरुद्ध कानुनी लडाइमा छन् । उनको ब्याचमा चौथो नम्बरमा रहेका डिआइजी बमबहादुर भन्डारी एआइजीमा पहिलो नम्बरमा सिफारिस भएका छन् । तर उनको बढुवा भने भएको छैन ।