धरान/आज नाग पञ्चमी । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ । यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । आज ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्ने गर्दछ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायात कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ । नागमन्त्रको उचारणले मात्र पनि सर्पको टोकाईबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ । यस्तो छ नागमन्त्र  अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् | शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा || एतानि नवनामानी नगनां च महत्मनाम् । सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत: ।। तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।। किन मनाइन्छ ? १)  काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाएपछि  सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि छ । २) कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ । ३) भनिन्छ कस्यप ऋषिका १३ पतिहरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका शासक भए । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ । ४) नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतिबाली गर्न गार्हो हुने हुनाले पनि नागको पूजा आवस्यक मानिन्छ । ५) बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि यिनीहरुबाट सतर्क रहन र यिनीहरुलाई सन्तुष्ट पार्न नाग पुजा गर्ने भन्न चलन पनि रही आएको छ