धरान/अहिलेको चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डो आज यो स्थानमा कसरी आइपुगे । धेरैलाई कौतुहल लाग्नु स्वभाविकै हो । पक्कै पनि पोर्चुगलका ३२ वर्षे यी फुटबल स्टारले ‘फुटबल स्टार’ बन्न जीवनमा धेरै आरोह–अवरोहहरु पार गरेका छन् । पोर्चुगलको एकदमै सानो सहर फुञ्चलमा ५ फेब्रुअरी १९८५ मा जन्मिएका क्रिष्टियानो रोनाल्डोको बास्तबिक नाम क्रिष्टियानो रोनाल्डो डस सन्तोस अभियारो हो । उनको नाम अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनको नामबाट पिता डेनिस अभियारोले राखेका थिए । किनकी, डेनिस ‘रोनाल्ड रेगन’ को प्रशंसक थिए । खासमा राष्ट्रपति रेगन पनि राष्ट्रपति बन्नुपूर्व फिल्मी क्षेत्रमा स–सानो भूमिकाबाट आएका थिए । एकदमै मेहनती भएकाले पनि उनको नामबाट छोराको नाम जुराएका थिए । पोर्चुगलको सामान्य परिवारमा जन्मिएका रोनाल्डोको पिता डेनिस माली नगर निगमको पार्क र मैदानमा ‘माली’ को काम गर्थे । जसबाट उनको परिवार चल्थ्यो । फूलमा पानी हाल्ने डेनिसको चार सन्तान मध्ये रोनाल्डो दोस्रो सन्तान हुन् । रोनाल्डो भन्दा माथि एकजना दाजू छन् । रोनाल्डो ८ वर्षको उमेरदेखि फुटबलमा होमिएका हुन् । उनले स्थानीय क्लव एन्डारिना स्पोर्टस क्लवमा २ वर्षसम्म खेले । २ वर्ष पछि अर्थात् १० वर्षको उमेरमा उनले लेसिओनल फुटबल क्लवमा अनुबन्ध भए । एकदमै मेहनती रोनाल्डोले छोटो समयमा नै फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । जसका कारण १२ वर्षको उमेरमै उनलाई १५ सय पाउण्डमा स्पोटिङ क्लवमा अनुबन्ध हुने अवसर जुट्यो । उनी यतिसम्म फुटबलमा क्रेजी थिए रे । उनले क्लवका लागि गोल गर्न नसक्दा उनी ‘क्वा–क्वा’ रुने गर्दथे । जसका कारण उनको नाम नै उनको आमाले ‘क्राई बेबी’ अर्थात् रुने बच्चा नाम राखेका थिए । अहिले पनि कतिपय उनका नजिकका मित्रहरुले ‘क्राइ बेबी’ नामले बोलाउने गरेका छन् । जव उनी स्पोटिङ क्लवमा अनुबन्ध भएका थिए । त्यो बेला उनी आफ्नो नगर छाडेर लिस्वन जानु परेको थियो । लिस्वन जानु पर्दा उनले आफ्नो परिवारलाई एकदमै ‘मिस’ गरे । तर, फुटबलमा केही गर्न चाहाने उनको लागि लिस्वन एउटा नयाँ ढोका बन्न सक्थ्यो । जुन, उनको लागि बन्यो पनि । तर, १५ वर्षको उमेरमा उनलाई ‘हार्ट’ को समस्याले चाप्यो । जसका कारण उनलाई चिकित्सकहरुले दौडन र फुटबल खेल्न मनाही गरेका थिए । त्यो बेला चिकित्सकले उनलाई दुईवटा अप्सन दिएका थिए । कि त हार्ट सर्जरी गराउनु, कि त फुटबल मैदान छोड्नु । तर, उनको लागि फुटबल छाड्नु भनेको कल्पना भन्दा बाहिरको कुरा हुन्थ्यो । उनले हार्ट सर्जरीको जोखिम मोले । र, सौभाग्यबस सफल भयो । केही महिनाको आरामपछि उनी फुटबल मैदानमै देखिए । त्यही बेला उनलाई अर्को बज्रपात प¥यो । उनको पिता डेनिसको अत्यधिक मादक पदार्थ सेवनको कारण ५२ वर्षको उमेरमा निधन भयो । बुबाको निधनले उनी विक्षिप्त भए भने कमाई गर्ने एक्लो बुबाको मृत्यु भएपछि परिवारको आर्थिक स्थिति एकदमै खराब भयो । त्यसपछि उनको आमाले अर्काको घरमा काम गर्न थालिन । जसबाट उनको परिवार चल्थ्यो । लिस्वन क्लव मै रहेका बेला उनले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा खेल्ने अवसर पाए । जति बेला उनी १७ वर्षका थिए । इग्लिस क्लवमा प्रवेश लिस्वन र मेनचेष्टर युनाइटेडबीचको त्यो खेलमा कला देखाएकै कारण उनी म्यानुका प्रशिक्षक एलेक्स फर्गुसनको आँखामा परे । तत्कालै उनलाई म्यानुले १७ मिलियन डलरमा खरिद ग¥यो । जुन त्यो बेलाको युवा खेलाडीहरुमा तिरिने सर्वाधिक राषी थियो । अगष्ट २००३ बाट म्यानुको लागि खेल्न थालेका उनले मे २००९ सम्म खेले । जसमा उनले १९६ वटा खेल खेलेका थिए भने जसमा उनले व्यक्तिगत ८४ गोल गरेका थिए । सन् २००९ मा म्यानु छाडेका उनलाई स्पेनिस क्लव रियल म्याड्रिडले सन् २०१५ सम्मको लागि सम्झौता ग¥यो । जुन बेला उनलाई १३२ मिलियन डलरमा रियलले सम्झौता गरेको थियो । हाल उनी रियलकै लागि खेलिरहेका छन् । त्यसो त, सन् २०२१ सम्मको लागि रियलमा सम्झौता गरेका छन् । अहिले उनलाई रियलले १८ सय ६४ करोड डलरमा सम्झौता गरेको छ । रोनाल्डोको सामाजिक कार्य रोनाल्डो फुटबलको अलवा सामाजिक कार्यमा पनि उत्तिकै व्यस्त हुन्छन् । भनिन्छ, उनले आफ्नो बुबा मापासेबाट मृत्यु भएका कारण उनले मापासे हालसम्म छोएका छैनन् । उनले वर्षको दुईपटक रक्तदान गर्ने गरेका छन् । जसका कारण उनले आफ्नो शरीरको कुनै पनि भागमा ट्याटु खोपाएका छैनन् । उनले एकपटक १० महिने शिशुलाई बचाउनको लागि ५१ लाख रुपैया खर्चिएका थिए । उनी फुटबल मात्रै हैन, बास्केटबल पनि राम्रो खेल्छन् । –एजेन्सीहरुको सहयोग