-
Home
-
स्वास्थ्य
-
गोर्खाल्याण्ड आन्दोलनमा सुरक्षाकर्मीकाे गाेली लागी मारिनेकाे संख्या ८ पुग्याे
गोर्खाल्याण्ड आन्दोलनमा सुरक्षाकर्मीकाे गाेली लागी मारिनेकाे संख्या ८ पुग्याे
धरान/गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनको क्रममा हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । पश्चिम बंगालको हस्तक्षेप अझै जारी छ ।
सोमबार राति मिरिक बजारमा पनि भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट एकजनाको ज्यान गएको छ । गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको बताइएको छ ।
घटनामा पाँचजना भन्दा बढी घाइते भएको बताइएको छ । गम्भीर भएका बिरामीहरुले नेपालमा उपचारको लागि ल्याइएको बताइएको छ । दिउँसो मिरिक नगरपालिका वाड न ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो । त्यही घटनाका कारण सिआरपीएफले गोली चलाएको थियो । जसबाट नेपाली मुलका भारतीयको मृत्यु भएको हो ।
घटनापछि मिरिकको सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । हालसम्म सुरक्षाकर्मीको गोलीबाट ८ जनाको मृत्यु भइसकेको छ ।