काठमाडौं /भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण भएको छ । एक पटक सामूहिक बलात्कार र यसअघि पनि ४ पटक एसिड आक्रमणको सामना गरेकी ती महिलामाथि फेरि पनि एसिड आक्रमण भएको हो । एसिड आक्रमणको निशाना बनेकी ती महिलाको परिचय भने खुलाइएको छैन । लखनउमा रहेको एक छात्रावासमा प्रहरी पहराबीच बसेकी ती महिलालाई नजिकै रहेको ह्याण्ड पम्पबाट पानी ल्याउने क्रममा पुनः एसिड आक्रमण भएको प्रहरीले जनाएको छ । ३५ वर्षिया ती महिलामाथि सम्पत्तिको विषयलाई लिएर आक्रमण हुँदै आएको बीबीसीले जनाएको छ । सन् २००८ मा उनीमाथि पहिलोपटक एसिड आक्रमणका साथै बलात्कार भएको थियो । ती महिलामाथि सम्पत्तिको विषयलाई लिएर आक्रमण हुँदै आएको भएपनि यसबारे केही विवरण नखुलाइएको बीबीसीले जनाएको छ । उनीमाथि आक्रमण गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गर्ने गरेको भएपनि उनीहरु अहिले भने जमानतमा रिहा भएको जनाइएको छ । ती दुई अभियुक्तले महिलामाथि सन् २०१२ र २०१३ मा दुई पटक एसिड आक्रमण गरेका थिए । उनीहरुले त्यस समयमा आफूमाथि लगाइएको सबै अभियोग फिर्ता लिनको लागि बयान दिन पनि दबाब दिने गरेका थिए । गत मार्चमा मात्रै पनि ती महिलामाथि आफ्नी छोरीसँग ट्रेनमा यात्रा गरिरहँदा एसिड खुवाइएको थियो ।
लाेकान्तरबाट