टी/डोटीको पश्चिमी क्षेत्रमा रहेको सायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका तेजबहादुर डुम्रेलले २ हजार ६३१ मत ल्याएर अध्यक्षमा विजयी भएको छ ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मराज जोशीले २ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी बिष्णा सिंहले २ हजार ७ सय २४ मत ल्याएर विजयी भए। उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुर्णमाया थापा विष्टले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।