धरान/पूरानो नगर धरानको मतगणना दुई बजेदेखि सुरु हुने भएको छ । अन्य क्षेत्रको मतगणना सुरु भइसके पनि यहाँको मतगणना भने समयमा हुन सकेको छैन् । निर्धारित समय भन्दा ढेडघण्टा ढिला गरी सर्वदलीय बैठक बसेका कारण पनि मतगणना सुरु हुन ढिलाई भएको हो । धरानमा ७९ हजार २ सय ८२ मतदाता रहे पनि यो पटक परिचय पत्र भने ६० हजार माथिले मात्रै लगेका थिए । त्यसमध्ये पनि सबैले भोट नखसालेको निर्वाचन आयोगले जनाएको छ । सर्वदलीय बैठकले मतगणनाको आचारसंहितालगायत बनाउने काम गरेको छ ।