शनिश्चरे/उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकामा ६७ मत गणना हुँदा नेकपा एमाले अगाडि देखिएको छ । गएराती करिव १ बजेबाट सुरु भएको मतगणनापछि आएको पहिलो चरणको नतिजा सार्वजनिक गर्ने क्रममा एमालेका प्रमुखका उम्मेदवार दिलिपकुमार राई ( किशोर) ले २९ , नेपाली कांग्रेसका गणेशकुमार खड्काले २७, माओवादी केन्द्रका जहरमान लिम्बूले ६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्यि प्रजातन्त्र पार्टीको प्रमुखका उम्मेदवार हेमा ढुंगानाले ३, नयाँशक्ति र संघीय समाजवादी फोरमको संयुक्त प्यानलका देवराज भण्डारीले २ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी प्रेमला राईले २४, एमालेकी यमुना विष्टले ३१ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणनाका क्रममा सो वडाका वडाध्यक्षका कांग्रेसका उम्मेदवार प्रतित सुब्बाले १६, एमालेका बाबुराम एङ्देनले १८ र स्वतन्त्रका धनकुमार तामाङले १० मत प्राप्त गरेकाे विवरण छ । आज विहान ९ बजे पुन सर्वदलीय बैठकपछि मतगणना कार्य अगाडि बढेको निर्वाचन प्रमुख चेतकुमार पोखरेलले जनाए । हाल २ वटा समूहमा गणना थालिएको र अरु थप २ समूह बनाएर मतगणनालाई तीव्रता दिने उहाँले बताए । प्रत्येक ५ सय मत गणना भएपछि नतिजा सार्वजनिक गराउँदै जाने सहमति भएको छ । सो नगरमा ६९ प्रतिशत मत खसेको छ ।