एजेन्सी/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकाको भ्रमणमा छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग मोदीको भेटघाट हुँदा ट्रम्पपत्नी मेलानियाको महंगो लुगा पनि चर्चाको विषय बन्यो । ह्वाइट हाउसमा ट्रम्पले मेलानियासँग मिलेर मोदीको स्वागत गर्दा मेलानिया पहेंलो रंगको बेल्टेड फ्लोरल प्रिन्ट गाउन लगाएर बसेकी थिइन् । त्यो लुगाको मूल्य करीब डेढ लाख भारु मानिएको छ । मेलानियाको लुगा, उनको मुस्कान र सौन्दर्यमाथि ट्वीटर प्रयोगकर्ताहरूले प्रशंसा गर्दै ट्वीटको वर्षा गरे ।