सोल/ दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् । उनी सो भ्रमणमा जान लागेको समाचार सोमबारका कोरियाली मिडियाले दिएका छन् । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ ।पछिल्लो समयमा उत्तर कोरियाले दक्षिणका विरुद्धमा भन्दै आणविक परिक्षणका साथै दक्षिणको विरोध गरेका अभिव्यक्तिहरु आक्रामक रुपमा दिने गरेको छ । यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लागेकाे छ । उनले यसै विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ । उनले यसअघि दिएको एक अभिव्यक्तिमा आफूले पहिलो भ्रमण उत्तर कोरियाको गर्ने बताएका थिए । तर त्यो नभएर उनले अमेरिकाकै भ्रमण गर्न लागेकाे अधिकारीहरुले जनाएका छन् । उनले स्पष्ट बहुमतका साथ गत महिनामात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएको हो । उनकाे राष्ट्रपति भएपछिको यो नै पहिलो विदेश भ्रमण हो । उत्तर कोरियाले बारम्बार अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै अन्य प्रचलित कानुनको उल्लङ्घन गर्दै आणविक परीक्षण गरिरहेको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरिया एक खतरनाक धम्की हो भनेकाे छ । उनले उत्तर कोरियालाई यसरी बारम्बार आणविक परीक्षण गर्न दिनु भनेको भोलिका लागि विश्वकै खतरा हो भने । त्यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा नै परेको भनाई बारम्बार दोहार्याउँदै आएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया लगायत विश्वले नै बारम्बार हतियारको दम्भ प्रदर्शन नगर्न भन्दै चेतावानी दिइरहँदा पनि उत्तरले आफ्नो आणविक परीक्षणको काम भने रोकेको छैन । यसैबीच उत्तर कोरियाले अमेरिकाका विरुद्धमा आइतबार प्योङयाङमा विरोध प्रदर्शन गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उत्तर कोरियाले अमेरिकाका विरुद्धमा सङ्घर्ष सुरु गरेको दिनको स्मरणरुप भन्दै आइतबार विशाल जुलुसको आयोजना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त जुलुसमा सत्ताधारी वर्कस पार्टीका उच्च अधिकारीका साथै त्यहाँको सरकारी ओहदामा रहेका उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका सो समाचारमा उल्लेख छ । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता रहेको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५ को स्मरण गरेको जनाएका थिए । सन् १९५० को जुन २५ मा कोरियाले अमेरिकाको विरुद्धमा संघर्ष सुरु गरेको जनाएको थियो । त्यस संघर्षका लागि पनि अमेरिकालाई दोषी ठह¥याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको छ । जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध अमेरिकाले अन्याय गरेको र उनीहरूले यस्तो क्रुरता र अन्यायपूर्ण ब्यवहार कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । रासस÷एएफपी