
विराटनगर/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशको चुनाव राजपलाई मनाउन नभएर कांग्रेसले थप तयारी गर्ने योजना अनुसार असोज २ मा सारेको बताएका छन् । विराटनगर बिमान स्थलमा आज शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसलले आफना संसदलाई जिल्लाबाट बोलाएर चुनाव सार्नुपर्ने माग राख्न लगाउँदै २ नम्बर प्रदेशको चुनाव सारेको बताए । उनले भने, ‘थप तयारी हुन्छ कि भनेर कांग्रेसले चुनाव सा¥र्यो, तर त्यस्तो तयारीले केही हुँदैन ।’ उनले दुई नम्बर प्रदेशको चुनावमा पनि एमाले पहिलो नै हुने दाबी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि हुने भनिएको संशोधनको विषयमा सत्ता साझेदारी दलले कुनै परामर्श नगरेको बताए । उनले जनता र देशको हितमा हुने उपयुक्त संविधान मात्र संशोधन भने हुने बताए । देशको हितको बिपरित कुनै पनि काम एमालले हुन नदिने उनको भनाई थियो । विराटनगर बिमान स्थलबाट कार्यकतालाई नमस्कार गर्दै अध्यक्ष ओली ।