साउदी/साउदी अरबको एक ग्यास कम्पनीको विषाक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको मृत्यु भएको छ । साउदीको जुवेलस्थित ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको मृत्यु भएको नेपाली दूतावासले पुष्टी गरेको छ । उनीहरुको जुन १८ मा मृत्यु भएको हो । दूतावासका अनुसार बस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।