स्थानीय तहको निर्वाचनको चटारो यति बेला सबैलाई परेको छ । अझ उमेद्धारहरु त बिहान देखि राती सम्म भोटमाग्न व्यस्त छन् । एमाले धरानको वडा नम्मर १६ का वडाध्यक्षका उमेद्धार दिलकुमार गिरी (गिरी कान्छा)पनि उस्तै व्यस्त छन् । उनीसँगमा हामीले घरदैलो गरिरहेकै स्थानमा उनको उमेद्धारको बारेमा कुराकानी गरेका छौ । वडाध्यक्षमा तपाईँको उमेद्धारी किन ? म आफै आफ्नो चाहानले वडाध्यक्षको उमेद्धार भएको हैन । १६ नम्मर वडाबासीको चाहाना र भावनालाई कदर गरेर एमालेले मलाई उमेद्धार बनाएको हो । आज सम्म मैले धरान १६का लागि निस्स्वार्थ भावनाले काम गर्दै आएँ । दिलकुमार गिरीले नै धरान १६ को विकास गर्न सक्छ भन्ने लागेर म नै उमेद्धार भईदिए हुन्थ्यो भन्ने वडाबासिको चाहाना हो । अब म उमेद्धार भएर आएपछि मैले भन्नै पर्छ विगतमा पनि म वडाबासि सँग थिए अब त झन् जिम्मेवारी लिएर वडाको विकासमा लाग्नु पर्ने भो । वडाको विकास र वडा बासीको संवृद्धिका लागि मेरो उमेद्धारी हो । वडाध्यक्ष मा जित्नु भयो भने पाँच वर्ष भित्र के के काम गर्नु हुन्छ ? मैले ४३ वडा प्रतिबद्धता पत्र बनाएर वडा बासीको घर घरमा पु¥याएको छु । धेरे कुराहरू प्रतिबद्धता पत्रमा उल्लेख छ । तर पनि यहाँ भन्नै पर्दा पाँच वर्ष भित्र धरान १६ का हरेक गल्ली र चौकमा पिच सडक पु¥याउने लक्ष छ । भत्किएको पक्की सडकको निर्माण कार्य तत्काल थाल्ने र सडकहरुलाई फराकिलो बनाउने योजना तत्काल सुरु हुन्छ ।बृद्धभत्तालाई घर घरमा पु¥याउने व्यवस्था मिलाईने छ भने सुकुम्बासी बस्तीका बासिन्दालाई धनिपुर्जा दिन तत्काल पहल थालिने छ ।शहरी स्वास्थ्य क्लिनीक सञ्चालन गरी सुगर ,प्रेशर,मुटुका रोगीहरुको निःशुल्क परीक्षण गरिने छ भने छुवाछुत र विभेद मुक्तवडा घोषणा गर्ने योजना छ । धरान १६ का हरेक महिलाहरूको आयआर्जनका लागि घरेलु सिप दिएर आत्मानिर्भर बनाउने छौ ।सरकारी विद्यालयलाई पुर्णं रूपमा सुधार गरी गर्ने र वडाको शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्ने कार्यलाई तत्काल सुरु गरिने छ । विकास सम्बन्धी ठुला योजना छैनन् ? विकास सम्बन्धी ठुला योजनाहरू पनि छन् । वडाबासिहरु सँग छलफल गरेर हामी ती योजनाहरू सम्पन्न गर्ने छौ । धरानबाट बिष्णुपादुका जोड्न सर्दु खोलामा पक्की पुल बनाउन पहल थाल्ने र वडालाई पूर्ण सांस्कृतिक तथा पर्यटकिय रूपले विकास गर्न प्याकेज कार्यक्रम बनाउने योजना छ ।वडाका बौदिक बर्गहरुको सहभागितामा वडा सञ्चालनका लागि सल्लाहकार समिति बनाएर काम गर्ने सोच बनएको छु । वडामा सबै खेल खेल्न सकिने गरिको भौतिक संम्रचना निर्माण गर्ने पनि योजना छ ।खहरे र सर्दुमा वैज्ञानिक रूपमा तटबन्ध लगाउने कार्यका लागि तत्काल पहल थाल्नेगरि योजना बनाएको छु । जनताले वडाबाट पाउने सेवालाई कसरी व्यवस्थित गर्नु हुन्छ ? मेरो उदेश्यनै जनताले कुनै पनि कुरामा दुख पाउनु हुँदैन भन्ने हो । कुनै पनि सेवा सेवा लिन वडा कार्यालय आउने वडाबासिलाई कामको प्रकृति हेरेर बढीमा एक घण्टा भित्रमा सेवा दिने मेरो प्रतिबद्धता छ ।वडालाई भ्रस्टाचारमुक्त बनाएर युवा पुस्ताई ब्यबासायीक मार्गमा लागाउने काम हामी सुरु गर्ने छौ ।जनताले चाहेको जुनसुकै बेला वडा कार्यालयबाट सेवा दिने ब्यबास्था हामी मिलाउछौं ।वडाबासिलाई अस्पताल सम्म जाने वडाको आफ्नै एम्बुलेन्स व्यवस्था गर्ने योजना बनाएका छौ भने धरान १६ लाई बहुसांस्कृतीक बहुधार्मिक वडाको रूपमा विकास गर्ने सोच छ । वडाबासिले तपाईँलाई सूर्यमा भोट चैँ किन हाल्नु पर्ने ? म एमालेबाट वडाध्यक्षको उमेद्धार भएकाले मेरो चुनाव चिन्ह भनेकै सूर्य हो,मलाई जिताउन सूर्यमा मतदान गर्नु आवश्यक हुन्छ ।अर्को कुरा वडाका हरेक ठाउका समस्याहरू मैले बुझेको छु । धरान १६ मा जतिपनि सडक ,ढलहरु बनेका छन्,खानेपानी योजना सञ्चालन भएका छन् ती सबै मेरो सक्रियतामा भएका छन् । वडाबासीलाई समस्या परेको बेला मैले पहिलेबाट नै सहयोग गर्दै आएको छु । वडाबासि कसैको घरमा शोक परेको बेला सहयोग गर्ने देखि द्ख बिराम पर्दा अस्पताल पु¥याउने र आर्थिक सहयोग गर्ने कामपनि मैले गरेको छु ।सबैले मैले गरेको कामको मुल्याङकन गरेर भोट दिनुहुन्छ जस्तो लाग्छ । तपाइका बारेमा केही नकारात्मक चर्चापनि गरिदो रहेछ नि ? अँ विपक्षी पार्टीका साथहरुले बनावटी कुराहरू फैलाउनु भएको रहेछ । अब हाम्रो चरित्रले त्यो काम गर्न सुहाउदैन हामी गर्दैनौ पनि । मैले स्वार्थ राखेर कोही वडाबासिलाई दुख दिएको छ जस्तो लाग्दैन यदि त्यस्तो भए त मलाई भन्नु पर्ने हो । अहिले चुनावको मुखमा आएर भन्नुको अर्थ के हो भने जनताले मलाई ागरेको विश्वास लाई टुटाउन हल्लाहरु हे । वडाबासिले दिलकुमार गिरी (गिरी कान्छा) कस्तो छ भनेर बुझुनु भएको छ अरूले जति नै उर्लिएपनि केही हुन्न । भनेपछि धरान १६ का जनता सुखी हुनेछ भन्ने बुझदा फरक नपर्ला ? हाम्रो प्रयास भनेको बिबेशील र सुखी जनता धरान १६ मा छन् भनेर चिनाउने हो । विकासका नमुना कार्यक्रम सञ्चालन गर्ने र वडाबासिर्लाइ सफा र सुन्दर वडामा राख्ने हाम्रो उद्देश्य हो । अन्त्यमा केही भन्नु छ ? असार १४ गते मतदान केन्द्रमा गएर सूर्य चिन्ह भएका सात ओटा कोठामा भोट हाल्न वडाबासिहरुमा अनुरोध गर्छु । धरान र धरान १६ को विकास गर्ने स्पष्ट भिजन एमालेसँग भएको कुरा पुनःदोहो¥याउदै धरान १६ को विकास गर्न सूर्य चिन्हमा मतदान गर्नु हुने छ भन्ने बिश्वसा व्यक्त गर्न चाहन्छु ।