[caption id="attachment_48203" align="alignleft" width="430"] ब्रहमज्ञ भट्टराई वडा सदस्यको उमेद्धार ,धरान १२[/caption]

स्थानीय तहको निर्वाचनले धेरैको ध्यान अब निर्वाचित हुने जनप्रतिनिधितिर तानेको छ । देशैभरि हरेक स्थानीय तहको नेतृत्वमा युवाहरूको हुनु पर्ने विषय निकै जोडले उठेको छ । निर्णयक तहमा युवाहरूको नेतृत्व आवश्यक परेको विषयलाई ख्याल गर्दै विभिन्न पार्टीहरूले युवाहरूलाई समेट्न खोजेका छन् । यसैक्रममा नेकपा (एमाले) धरानलेपनि युवाहरूलाई धरानका हरेक वार्डमा उमेद्धारको रूपमा उठाएको छ । त्यस्तै एक युवा तथा धरान १२ का वडा सदस्य पदका उमेद्धार ब्रहमज्ञ भट्टराईसँग गरिएको कुराकानी एमालेको तर्फबाट धरान १२ मा वडा सदस्यको उमेद्धार बन्नु भएको छ,चुनाव जित्ने सम्भावना कतिको छ ? पहिलो कुरा त मलाई जनताले माया गरेको पार्टी नेकपा एमालेले उमेद्धारको रूपमा उठायो,चुनाव जित्ने कुरामा यसले शङ्का नै राख्दैन । अर्को कुरा मैले अबको धरानमा युवाहरूको उपस्थितिलाई नितिगत रूपमै स्थापित बनाउन खोजेको छु । युवाहरूलाई ब्यबासायीक र सृजनशील बनाउने मेरो भिजनकै कारणपनि म चुनाव जित्छु । धरान १२ का जनताका समस्या के के हुन ,जानकारी छ ? मलाई राम्रो सँग जानकारी छ । यहाँका साना देखि ठुला समस्याहरुमो बारेमा म जानकार छु ती समस्याहरू हल गर्न नै म उमेद्धार भएको हुँ ।अहिले प्रमुख रूपमा देखिएको समस्या भनेको व्यापार ब्यासाय गर्ने वडाबासीको समस्या हो । साँझ छ बज्न नपाउदै बजार पसल बन्द गर्नु पर्ने अवस्था छ । यो अवस्थालाई अन्त्य गरेर बिहान ६ बजेदेखि राती ११ बजे सम्म सहज रूपमा बजार पसल सञ्चालन गर्नु पर्छ । अर्को कुरा यो वडामा रहेका मारवाडी र नेवारी समुदायका युवाहरूको नेतृत्वमा ‘टेक्निक अफ बिजनेस’ सुरु गर्नु आवश्यक छ । जो सँग सीप र ज्ञान छ उ बाट अरूलाई सिकाउने र युवाहरूलाई ब्यबासायीक बनाउने कामको सुरुवात गर्नु पर्छ । अर्को कुरा धरान १२ मा यो बाटो र जग्गाको समस्याले धेरैलाई पिरोलेको छ यो समस्या समाधान तत्काल गर्नु पर्ने आबश्यक्ता छ । तपाईँले कुनै नयाँ योजना तयार गर्नु भएको छैन ? छ,तर योजनाहरू अहिले सार्वजनिक गर्नु भन्दा काम नै गरेर देखाऊ भन्ने मेरो सोच हो । पहिलो नम्मरमा मैले धरान १२का हरेक जनता स्वास्थ हुनु पर्छ भन्ने मान्यता राखेर प्रत्येक महिना निःशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना ल्याएको छु । दिर्घकाल सम्म रहने सुगर,प्रेशर जस्ता रोगको प्रत्येक हप्ता निःशुल्क परीक्षण गर्ने र उपचारका लागि सहजीकरण गर्ने मेरो पहिलो काम हुनेछ ।म आफू पोषण को बिद्यार्थीपनि भएको १२ नम्मर वडाबासिलाई खासगरी गृहणीहरुलाई स्वस्थ्य खान सम्बन्धी निःशुल्क तालिमको व्यवस्था गर्ने छु । किनभने जनता स्वस्थ्य भएपछि मात्र अन्य काम गर्न सकिन्छ । अर्को कुरा जसरी धरानलाई चिनाउन भानुचौकमा घण्टाघर बनाइएको छ मैले १२ नम्मर वडालााई चिनाउन त्यस्तै कुनै आर्कषक योजना तयार गर्नेछु । यसमा वडाबासिकोपनि सल्लाह चाहिने भएकाले योजना सार्वजनिक गरेको छैन ।यस्ता धेरै योजनाहरू छन् । धरान १२ मा निकै चन्दा आतङक हुने गरेको कुरा सुनिन्छ,तपाइर्लाइ जानकारी छ ? मलाई केही हद सम्म जानकारी छ । धरानमा यदि कसैले जर्बजस्ती चन्दा माग्छ भने त्यो हामीलाई सैय हुँदैन ।धरान १२लाई चन्दा मुक्त क्षेत्र घोषणा गर्नु पर्छ । व्यापार ब्यबासाय गर्ने सुरक्षित वातावरण बनाउनु पर्छ । म अहिलेपनि भन्छु यदि कसैले जबर्जस्ती चन्दा माग्छ भने हामी सँग भेटाईदिनुस् हामी उनीहरू सँग कुरा गर्छौ। इच्छा विपरीत एक पैसापनि चन्दा दिनु हुँदैन ।चन्दा त सामाजिक काम गर्न आफ्नो इच्छा अनुसार पो दिने हो त डान्सपार्टि,कन्र्सट चट्ठाका लागि पनि चन्दा माग्ने हो र ? तपाईँले जिते पछि पहिले कुन कामलाई प्राथमिकता दिनु हुन्छ ? सबैभन्दा पहिले धरान १२ लाई नमुना वडा बनाउने कामको सुरुवात गर्छु । धरान–१२लाई २४ घण्टा उज्यालो बनाउने र हरेक नागरिकले निर्धक्क सँग काम गर्न सक्ने वातवरण बनाउन पहल गर्छु ।जुनजुन ठाउँमा पक्की सडक पुगेको छैन त्यहाँ पक्की सडक बनाउन तत्काल पहल थाल्छु ।भत्किएका सडक बनाउने र फोहोर व्यवस्थापन तत्काल गर्ने मेरो योजना छ ।धरान १२ का सबै सडक र क्षेत्रहरू सुरक्षित र अपाङग मैत्री बनाउन पहल गर्छु । फुटपाथमा काम गर्ने लाई बैकल्पीक ठाउको व्यवस्था गरेर ब्यबासाय गर्ने वातावरण मिलाउने कामका सुरुवात गर्छु । त्यस्तै चतरालाईनमा अहिले देखिएको ड्रेनको समस्यालाई तत्काल समाधान गर्ने गरी काम थाल्छु ।धरान १२ मा बाँदरले धेरै दुख दिएको छ । बाँदरबाट सृजीत समस्यालाई समाधान गर्न म तत्काल पहल थाल्छु । अन्त्यमा वडाबासिलाई भन्नै पर्ने केही छ ? म एमालेबाट वडा सदस्य पदमा उठेको छु । मेरो चुनाव चिन्ह भनेको दुईवटा सूर्य हो । तर म सबै वडाबासिलाई असार १४ गते सूर्य चिन्ह भएका सात वटा कोठामा मतदान गरी हामीलाई विजयी गराउन आग्रह गर्दछु । अब गफ गर्नेलाई भन्दा काम गर्नेेलाई अवसर दिनु पर्छ । हामी युवाले वडाको विकास गर्ने हो त्यो अवसर वडाबासिले हामीलाई दिनु पर्छ ।