सिङगापुर/सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति सोमबार क्षमा याचना मागेका छन्।

ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा एक आपसमा आरोप प्रत्यारोप भएको थियो ।

त्यो आरोप प्रत्यारोपले सिङगापुरे नागरिकलाई लज्जित गराएकोले आफू क्षमा प्रार्थी भएको प्रधानमन्त्रीको भनाई छ ।

“सिङगापुरको मानप्रतिष्ठा र सिङ्गापुरेको आत्मबलमा चोट पुर्याएकोमा मलाई गहिरो पश्चाताप छ,” राष्ट्रीय प्रसारणका लागि पहिले नै रेकर्ड गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री लीले भनेका छन् । उनले थप बाेले , “तपाईहरूको प्रधानमन्त्रीको रुपमा म क्षमा याचना गर्दछु ।” रासस÷एएफपी ––––––