
बैंकक/ दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ । थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए ।
थाई प्रहरीकाअनुसार छ सैनिकको मृत्यु हुनको साथै अन्य चारजना घाइते भएका छन् । थाईयाण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको पाइन्छ । गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि यो आक्रमण भएको थियो । विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस÷सिन्ह्वा