काठमाडौं/ लण्डन ब्रिजमा भएको आतंकवादी हमलाको पीडा साम्य नहुँदै बेलायतको राजधानी लण्डमा पुनः अर्को आक्रमण भएको छ ।
लण्डनको फिन्सबरी पार्क क्षेत्रमा आइतबार मध्यराति आक्रमण हुँदा १ जनाको मृत्यु भएको छ । आक्रमणमा ८ जना घाइते भएका छन् ।
रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका मुस्लिम धर्मावलम्बिलाई लक्षित गरी भ्यानबाट आक्रमण गरिएको थियो ।
आक्रमणमा कसको संलग्नता थियो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । लण्डन प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रार्थनाका लागि गइरहेका मानिसहरुलाई अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ