एजेन्सी/अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा चालक दलका सात सदस्य हराएका छन् । घटनामा तीनजना घाइते भएका छन् । उनीहरुलाई योकोसुकाको अस्पताल लगिएको छ । अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो । योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ । दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ । तर त्यसमा इन्धनको कमि रहेको सिएनएनले जनाएको छ । दुर्घटनामा हराएका सातजनाको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।