भारतको स्वतन्त्रतामा नेपालको योगदान
काठमाडौँ/पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतको स्वतन्त्रताका लागि नेपालका विभिन्न नेताले योगदान पु¥याएको बताएका छन् ।
इन्डो नेपाल फ्रेन्डसिप एन्ड इकोनोमिक कोअपरेसनले आज आयोजना गरेको कार्यक्रममा उहाँले भारतले अभ्यास गरिरहेको प्रजातान्त्रिक प्रणाली तथा आर्थिक विकासको स्वरुप नेपालले भारतबाट सिक्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बिनाविभागीयमन्त्री प्रभु साहले दुई राष्ट्रबीच परापूर्वकालदेखि कायम भएको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले दुवै देशबीच खुला सिमाना नै बलियो र पुरानो सम्बन्धको प्रतीक भएको विचार व्यक्त गरे ।
कोअपरेसनका प्रमुख संरक्षक डा भीष्मनारायण सिंहले दुवै देशका नागरिकले शान्ति तथा समृद्धिको चाहना राखेको बताउँदै त्यसका लागि दुवै तहका शीर्ष नेतृत्व क्रियाशील हुनुपर्ने सुझाव दिए। रासस