धरान/जोडीहरू स्वर्गमा बन्छन् र धर्तीमा मिलन हुन्छन् भनिन्छ । तर केही यस्ता पनि परिस्थिति बन्छन् जुन बेलामा विवाह गर्नु हुँदैन । केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ । केटा र केटीबीच गुण मिलान १८ भन्दा कम भयो भने विवाह गर्नु हुँदैन । जेठो छोरो र जेठी छोरीको बिहे जेठ महिनामा गर्नु हुँदैन । कुनै माताको गर्भ खेर गएको छ र पछि फेरि गर्भ रहेर त्यो गर्भबाट सग्लो बालक जन्मेको छ भने जन्मेको बालकलाई व्यावहारिक रूपमा जेठो मानिएपनि शास्त्रले जेठो मान्दैन । सहोदर दाजुभाइमध्ये एकको विवाह भएको ६ महिनासम्म अर्कोले विवाह गर्नुहुँदैन । घरमा बुहारी भित्र्याएको ६ महिनासम्म छोरीको विवाह गर्नुहुँदैन । बृहस्पति र शुक्र अस्त भएको बेलामा विवाह गर्नु हुँदैन । मलमासको बेलामा, सूर्य तुला राशिमा रहेको बेलामा तथा होलाष्टकमा विवाह वर्जित छ । पूर्वफाल्गुनी नक्षत्रमा विवाह शुभ मानिँदैन । देवी सीताको विवाह यसबेला भएकाले उहाँले जीवनमा अनेकौं दुःखकष्ट सहनुपरेकाले वाल्मीकि ऋषिले यो नक्षत्रमा विवाहलाई अशुभ मानेका छन् । सहदोर बहिनी र भाइहरूको संस्कार ६ महिनाभित्र एकसाथ गर्नुहुँदैन । जुम्ल्याहा छन् भने चाहिँ यसमा छुट छ । छोरा र छोरी दुवै विवाहयोग्य भएका छन् भने पहिले छोरीको बिहे गरिदिनुपर्छ