शनिश्चरे/लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस मोरङगले जिल्लाको १७ वटै तहका उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्लाको सवैभन्दा बढी महत्वका रुपमा लिइएको र भर्खर महानगर बनेको विराटनगरको प्रमुखमा पार्टीका नगर प्रमुख रहनु भएका भीम पराजुलीलाई उम्मेदवार बनाउने टुंगो लागेको हो । नगरप्रमुखका अमृत आर्याल र डिला संग्रौलाको आकांक्षालाई समेत समेटेर उम्मेदवारी छानिएको उल्लेख छ । महानगरको उपप्रमुखमा इन्दिरा कार्की इन्दुको नाम चयन भएको जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी गराएका छन् । नगर प्रमुखको उम्मेदवार क्षेत्रले छनौट गरेर प्रचार प्रसारमा जुटेको अवस्थामा बढेको विवादले पथरीशनिश्चरेमा अन्यौलता भएको थियो । त्यहाँ नगर प्रमुखमा पूर्व निर्धारित उम्मेदवार गणेशकुमार खड्कालाई नै पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । उपप्रमुखमा पनि यसअघि नै तय भएको प्रेमला राईको नामलाई नै अनुमोदन भएको छ । सुन्दरहरैंचा नगरपालिकामा नगर प्रमुखमा शिवप्रसाद ढकाल र उपप्रमुखमा विन्दा दाहाल थापा, रंगेलीको प्रमुखमा मोदराज घिमिरे र उपप्रमुखमा राधिकादेवी मण्डल, रतुवामाइको प्रमुखमा रविन राई र उपप्रमुखमा फुलवती गोडीको निर्णय भएको छ । लेटाङको प्रमुखमा शंकर राई र उपप्रमुखमा सुभद्रा भट्टराई, उर्लावारीको प्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्की, बेलवारीको प्रमुखमा राजकुमार लिम्बु र उपप्रमुखमा रुकमणी धिमाल चयन भएका छन् । गाउँपालिकाको उम्मेदवारको चयन हुने क्रममा, मिक्लाजुङको अध्यक्षमा मानवहादुर राई र उपाध्यक्षमा आरती वराल, सुनवर्सीको अध्यक्षमा कालीप्रसाद दास र उपाध्यक्षमा मन्जु राई, धनपालथानको अध्यक्षमा हरिलाल सिंह र उपाध्यक्षमा नसीमा वानु, ग्रामथानको अध्यक्षमा कृष्णकुमार सरदार थारु र उपाध्यक्षमा जयमाला सरदार थारु चुनिएका छन् । यही क्रममा, कटहरीको अध्यक्षमा रामकुमार कामत र उपाध्यक्षमा मन्जीला सरदार, वुढीगंगाको अध्यक्षमा जितनारायण थापामगर र उपाध्यक्षमा ज्ञानवतीदेवी चौधरी, जहदाको अध्यक्षमा जितेन्द्र साह र उपाध्यक्षमा अमिता हस्ता सरदार, केरावारीको अध्यक्षमा रोहित कार्की र उपाध्यक्षमा कल्पना कटवाल राई तथा कानेपोखरीको अध्यक्षमा केदारवहादुर थापा र टंकेश्वरी याख्खाको उम्मेदवारी तय भएको पार्टीले जनाएको छ ।