हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ । धेरैलाई थाहा नहुनु सक्छ, महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । यो आलेमा महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ । १) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । २) हातका औँला लामा–लामा हुनु । ३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु । ४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु । ५) शरीरमा विभिन्न सात सुगन्ध हुनु । ६) हरिणका जस्ता फिला हुनु । ७) गुप्ताङगहरु गुप्त रहनु । ८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु । ९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु । १०) काँध पुष्ट, चौडा र गोलो हुनु । ११) पाखुरा राम्ररी फर्कने हुनु । १२) पाखुरा लामा हुनु । १३) सम्पुर्ण शरीर तेजोमय हुनु । १४) शंख समान घाँटी हुनु । १५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६) ३२ वटा दाँत हुनु । १७) चम्किला र टमक्क जोडिएका दाँत हुनु । १८) समान मिलेका दाँत हुनु । १९) बंगारा स्वच्छ र सुन्दर हुनु । २०) जिब्रो लामो हुनु । २१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु । २२) पातलो (सुरिलो) स्वर हुनु । २३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु । २४) कुरा (बाचा)मा अडिक रहनु । २५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु । २६) मिलेको कपाल हुनु । २७) अल्छी नहुनु । २८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु । २९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०) चमक्क चम्किने केश हुनु । ३१) स्वभाव लज्जालु हुनु । ३२) दुढ आत्मविश्वास हुनु ।