भोजपुर/ सूचना तथा सञ्चार मन्त्रालयका पूर्व सञ्चार सल्लाहकार राजेन्द्र किराँतीले पत्रकारले पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरको आयोजनामा भएको ‘स्थानीय तहको निर्वाचनमा दलहरुको एजेन्डा तथा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्नुहैँदै उनले सुक्ष्म अध्ययन गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
निर्वाचनको सन्दर्भमा दलहरुका उम्मेदवारले उठाएका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने र स्थानीय तहको विकास तथा आर्थिक समृद्धिको लागि काम गर्ने व्यक्तिका लागि जनताले मतदान गर्ने सहभागीको धारणा थियो ।
बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा जनताको उत्साह भएकाले यसका लागि सञ्चारमाध्यमले समेत सकारात्मक सन्देश प्रवाह गर्नेमा विश्वस्त रहेको उनीहरुको भनाइ थियो ।
रासस