जन्ती बोकेको जीप धनकुटामा दुर्घटना
धरान/धनकुटाको रुद्रबारी नगरपालिका–९ मा शनिबार बिहान जन्ती बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते बनेका छन् ।
जसमध्ये २ दुई गम्भीर छन् भने ३ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएकाहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।
तेह्रथुमको म्याङलुङ्गबाट दमक तर्फ जन्ती लिएर जाँदै गरेको को.१.ज २७९१ को जीप दुर्घटना भएको थियो । जसमध्ये तेह्रथुम म्याङलुङ्गका नन्दलाल खत्री र सन्तोष बस्नेत गम्भीर घाइते बनेका हुन् । ब्रेक फेल भएर जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।