धरान/पछिल्लो समय धरान गुण्डागर्दी बढ्न थालेको छ । सुरक्षा निकाय चुस्त नहुँदा गुण्डागर्दी तथा कट्टी आंतङ्क बढिरहेको हो । https://www.youtube.com/watch?v=E4F1o8v1rhM&feature=youtu.be बुधबार कै घटना हेर्नुस् भिडियोमा । यो घटना धरान–१० रागाचोकमा भएको हो । त्यहाँ युवाहरुबीच सामान्य विवादका क्रमममा झडप भएको स्थानीयबासीहरुले बताएका छन् । त्यो तपाई भिडियोमा पनि देख्न सक्नुहुन्छ । पछिल्लो समय धरान असुरक्षा बढेको धरानबासीहरुले गुनासो गर्न थालेका छन् । केही दिन अघि मात्रै पनि धरान–१५ को दुई स्थानमा धारिलो हतियार प्रयोग गरी युवा तथा एक वृद्धलाई प्रहार गरिएको थियो । यस्ता गतिविधि अत्यधिक बढ्न थाले पनि प्रहरीले सुरक्षालाई खासै ध्यान दिएको छैन् । हाम्रा पाठकहरुलाई लाग्दो हो, यस्तो ग्याङफाइट त दैनिक हुन्छ धरानमा भनेर । हामीले यो भिडियो यसकारण पोष्ट गरेका छौं कि धरानमा प्रहरीको निकम्मापनका कारण यस्ता ग्याङफाइटहरु बढिरहेका छन् । जसले गर्दा ठूला अपराधसमेत हुन सक्छन् भन्ने सन्देश प्रवाह गर्नको लागि यो भिडियो देखाउने प्रयत्न गरेका छौं ।